Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – म्याद थपको लागि सरकारी वकिलको कार्यालय पुर्‍याइएका सांसद सुनिल शर्मा र प्रहरीबिच धकेलाधकेलको अवस्था सिर्जना भएको छ। नक्कली शैक्षिक योग्यता प्रमाणपत्र(सर्टिफिकेट) किर्ते गरेको आरोपमा पक्राउ परेका सुनिल शर्मा र प्रहरीबीच धकेलाधकेल भएको हो। प्रहरीले शर्मासहित ६ जना अभियुक्तहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुर्‍याएको थियो।

बिहीबार दिउँसो पक्राउ परेका सांसद शर्माले भारतको बिहारबाट नक्कली प्रमाण पत्र ल्याएर चीनमा एमबीबीएस पढेको तथ्य खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार बिहानसम्ममा आठ जनालाई यस प्रकरणमा पक्राउ गरिसकेको छ। प्रहरी र शर्माबीच धकेलाधकेलको अवस्था सिर्जना भएपछि प्रहरीले शर्मालाई गाडीमा राखेर अदालत लगेको छ।

तपाईको प्रतिक्रिया