Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – लोडसेडिङ हटाएर वाहवाही कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछिल्लो कार्यकाल भने वाहवाहीले भरिएको छैन। अघोषित लोडसेडिङले सर्वसाधारण आजित भएको अवस्था छ।

विद्युत प्राधिकरणको गुणगान गाउन घिसिङले बिहीबार नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा गरेको पत्रकार सम्मेलन पनि घिसिङ टोलीको लापरबाहीको सिकार भयो। उनले बोलेकै बेला झ्यापझ्याप बिजुली जाँदा हलमा होहल्ला भएको थियो। घिसिङले सिस्टममा डिस्टर्ब भएर बिजुली गएको भनी सहभागीहरुलाई आश्वस्त पार्ने प्रयास गरे पनि फेरि एकैछिनमा बिजुली गयो।घिसिङले फेरि थामथुम पार्न खोजे- प्रसारणलाइनमा गडबड!

पटकपटक बत्ती आउने जाने भइरहेको पत्रकार सम्मेलनमा घिसिङले भने प्राधिकरणको उज्यालो पक्ष प्रकाशित गर्ने प्रयास गरे। गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड खुद नाफा कमाएको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने घिसिङले जानकारी दिए। उनका अनुसार विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण तथा वितरण प्रणाली विस्तार र सुधारमा लगानी भएको छ । त्यस्तै सरकारको कोषमा साँवा ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरिएको उनले बताए ।

प्राधिकरणले गत आर्थिक वर्ष मुलुकभित्रै विद्युत् बित्रीबाट कुल ८९ अर्ब ७८ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ भने भारतलाई विद्युत् बिक्री गरी १० अर्ब ५९ करोड रुपैयाँ बराबर आम्दानी गरेको पनि घिसिङले सुनाए।

 

तपाईको प्रतिक्रिया