Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – गोरखा प्रहरीले गत असारमा बरामद गरेको टल्कने ढुंगा क्वार्ज क्रिष्टल रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभाग काठमाडौंबाट गएका भूगर्भविदहरूले दुई दिन लगाएर गरेको परीक्षणमा पारदर्शी ढुंगा क्वार्ज क्रिष्टल भएको प्रमाणित भएको हो। भूगर्भविद् सुस्मिता भण्डारी र दुर्गा बेलाखेले प्रकाश दिँदा टल्किने ढुंगा परीक्षण गरेका थिए। गत असार १४ गते गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान शाहीको घरबाट पारदर्शी ढुंगा प्रहरीले बरामद गरेको थियो।

डेढ महिनादेखि प्रहरी कार्यालयमै रहेको ढुंगाको मंगलबार र बुधबार खानी विभागबाट परीक्षण गरिएको थियो। गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले विभागका भूगर्भविदहरूले परीक्षण गरी उक्त ढुंगा बहुमूल्य क्वार्ज क्रिष्टल भएको रिपोर्ट दिएको बताए। ‘भूगर्भविदहरूले उक्त पत्थर क्वार्ज क्रिष्टल भएको पुष्टि गर्नुभएको छ। बहुमूल्य क्वार्ज क्रिष्टल खानी तथा भूगर्भ विभागमै बुझाइदिन उहाँहरूको अनुरोध छ,’ भुसालले भने।

 

तपाईको प्रतिक्रिया