Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – मोरङको विराटनगरमा साइकल चालकलाई कुटपिट गरी घिसार्ने आयुष भेटवाल धरौटीमा छुटेका छन् । मोरङ जिल्ला अदालतले भेटुवालले सोमबार एक लाख रुपैयाँ धरौटीमा छाडेको हो ।

भेटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । विराटनगर महानगरपालिका-४ दूध फाराम अगाडि सोही ठाउँका १९ वर्षीय आयुष भेटुवालसहित तीन जनाले विराटनगर महानगरपालिका-६ का साइकल यात्री २७ वर्षीय पवन कुमार साह हलुवाईलाई साइकलबाट लडाएर कुटपिट गरेका थिए ।

गत असार २० गते दूध फारम अगाडि कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा. १५ च ३४४५ नम्बरको कारमा सवार रहेका आयुष, तेह्रथूमको फेदाप गाउँपालिका-४ का ३० वर्षीय रोसन कार्की र अर्का १७ वर्षीय एक युवकले साइकल चालक हलुवाईलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

उनीहरूमध्येका आयुष भेटवाल कारबाट दौडँदै ओर्ली उत्तरबाट दक्षिण आफ्नो घरतर्फ साइकलमा गइरहेको पवनलाई बिनाकारण मुक्काले प्रहार गर्दा उनी सडकमा ढली बेहोस भएका थिए । त्यस अवस्थामा समेत खुट्टामा समाती अमानवीय शैलीमा सडकमा घिसारेको, आफूसँग साथमा कार हुँदा हुँदै पनि आफैँले कुटपिट गरी बेहोस अवस्थामा पुर्‍याएको गम्भीर घाइतेलाई उपचारमा लैजानु पर्नेमा सो नगरी ज्यान मर्न सक्ने अवस्थामा पुर्‍याई छाडी फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले गरेको कार्यबाट गम्भीर घाइते भएका पवनलाई प्रहरीले उद्धार गरी तत्काल उपचारका लागि अस्पताल नपुर्‍याएको भए उनको सोही स्थानमा नै मृत्यु हुने अवस्था थियो । उनलाई तत्काल प्रहरी टोलीले फेला पारी उद्धार गरी अस्पतालमा भर्ना गरेका कारण साहको ज्यान बच्न गएको थियो ।

तपाईको प्रतिक्रिया