Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडौँ – आज साउन महिनाको तेस्रो सोमबार । यस खास अवसरमा तपाईंले पनि शिवजीलाई प्रसन्न पार्नका लागि केही उपायहरु अपनाउन सक्नुहुन्छ । तपाईंले शिवलाई प्रसन्न पार्नका लागि केही खास चिजहरु शिवलिंगमा अर्पण गर्न सक्नुहुन्छ । यसले तपाईंलाई धेरै लाभ हुने शास्त्रहरुमा बताइएको छ ।

गंगाजल

साउनको तेस्रो सोमबार तपाईंले शिव जीलाई गंगाजलले अभिषेक गर्नुहोस् । यसले तपाईंको मनले चाहेको फल प्राप्त हुने मान्यता रहेको छ ।

काँचो दुध

भगवान शिवलाई प्रसन्न गर्नका लागि तपाईं काँचो दुधले पनि उनको अभिषेक गर्न सक्नुहुन्छ । यसले तपाईंका जीवनका कठिनाईहरु कम हुने मान्यता राखिन्छ ।

ऊँखुको रस

साउनको तेस्रो सोमबार शिवलाई ऊँखुको रस पनि चढाउन सकिन्छ । यसले पनि उनी प्रसन्न हुन्छन् ।

बेलपत्र

त्यसो त भगवान शिवको सबैभन्दा मनपर्ने चीज हो बेलपत्र । यो विशेषगरी साउनको तेस्रो सोमबार चढाउँदा अझै धेरै लाभ हुन सक्छ ।

शमीको पात

शिवलाई शमीको पात तथा फूल दुबै मन पर्छ भनिन्छ । त्यसैले शिवलाई सधैं यस्तो फूल चढाउने पनि गरिन्छ । यसरी नै तपाईं साउनको तेस्रो सोमबार पनि चढाउन सक्नुहुन्छ ।

मह

तपाईंले चाहनुभयो भने साउनको सोमबार शिव जीलाई मह पनि चढाउन सक्नुहुन्छ । यसले तपाईंको जीवनका बाधाहरु हट्ने मान्यता रहेको छ ।

 

तपाईको प्रतिक्रिया