Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, तस्करी र बेथितिविरुद्ध अभियान नै चलाएको बताएका छन् । समाजवादी विद्यार्थी मञ्चको घोषणा कार्यक्रममा लागि आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

उनले यो अभियान नरोकिने पनि बताए । ‘जसरी अहिले भ्रष्टाचारविरोधी र बेथितिविरुद्ध सरकारले अभियान चलाएको छ,’ उनले भने, ‘राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको छ। तस्करीविरुद्ध जेहाद छेडिएको छ’, उनले भने, ‘यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ, यो कदम समृद्धिका लागि यो लडाइँ जित्नैपर्छ। यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन । नेपाली जनताको हितका लागि गरिएको हो।’

उनले यस्ता बेथिति र भ्रष्टाचारका अरू फाइल पनि खुल्दै जाने बताए । ‘यो पक्षमा सरकार समाजवादी मोर्चाको समर्थन चाहिएको छ,’ उनले भने, ‘हेर्दै जानुहोला अरू फाइलहरू खुल्दै जानेछन्। त्यतिबेला तपाईँहरूको समर्थन चाहिन्छ । एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ होइन, जनस्तरको समर्थन पाएर हामी यो ब्याटल जित्ने छौँ।’

तपाईको प्रतिक्रिया