Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ललितपुरको पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन्। साथै उनले पाटन संग्रहालय पनि अवलोकन गरे। पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रको जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

शुक्रबार बिहान ललितपुरको पाटनमा फरक दृश्य देखिएको छ। जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई छाता ओढाइरहेको देखिन्छ। त्यसो त यो एउटा संयोग हो। राष्ट्रपति पौडेल आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन तथा पाटन संग्रहालयको अवलोकन गर्न जाने क्रममा मेयर महर्जन उनलाई स्वागत गर्न पुगेका हुन्।

तपाईको प्रतिक्रिया