Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – बाराको कलैयामा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ। कलैयाको भरत चोकमा बन्द गराउन पुगेका आन्दोलनकारीलाई प्रहरीले रोक्न खोज्दा मुठभेड भएको हो। प्रहरी नायब उपरीक्षक पुरुषोतम पाण्डे र प्रहरी निरीक्षक रूपेश साहमाथि कारबाहीको माग गर्दै एक सातादेखि सर्वदलीय आन्दोलन समिति बाराले आन्दोलन गर्दै आएको छ।

गत साउत २ गते पिकअप भ्यान र मोटरसाइकल दुर्घटना सम्बन्धी घटनामा सहजीकरण गर्न जिल्ला प्रहरी कार्यालय बारामा पुगेका नेपाली कांग्रेस बाराका सचिव भैयाराम यादव र नेकपा (एकीकृत समाजवादी)का उपसचिव ध्रुव यादवलाई पाण्डे र साहले अभद्र व्यवहार तथा गालीगलौज गर्दै निर्घात कुटपिट गरी घाइते बनाएको भन्दै आन्दोलन भइरहेको हो।

पाण्डे र साहलाई निलम्बन गरी कारबाहीको माग राखी आफूहरूले शान्तिपूर्ण रूपमा ६ दिनदेखि प्रदर्शन गरे पनि सुनुवाइ नभएकोले कलैया बजार तथा यातायात बन्द गर्ने भन्दै सर्वदलीय आन्दोलन समिति बाराले हिजो विज्ञप्ति जारी गरेको थियो।

पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार उनीहरूले मंगलबार साँझ मसाल जुलुश निकालेका थिए भने आज बजार बन्द गराउन जाँदा प्रहरीसँग झडप भएको कांगेसका जिल्ला उपसभापति एवं सर्वदलीय आन्दोलनका संयोजक मनोज शर्मा भट्टले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया