Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङका जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई कुटपिट गरेको आरोप लागेको छ । बझाङमा होटल व्यवसाय पनि सञ्चालन गरिरहेका जिल्ला संयोजक खड्कामाथि पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोप लागेको हो ।

नेपाल पत्रकार महासंघ बझाङ शाखा विज्ञप्ति जारी गर्दै प्रेस विरोधी कार्यको भर्त्सना गरेको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार सामुदायिक खप्तड आवाज र नेपाल एंगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका थिए । खड्का होटल ‘होलि डे इन’का सञ्चालक समेत हुन् । खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मंगलबार शाखाका अध्यक्ष शैलेन्द्र रोकायाले विज्ञप्ति जारी गर्दै प्रेस विरोधी कार्यको भर्त्सना गरे । ‘स्वतन्त्र सञ्चारकर्ममा जुटेका पत्रकार मण्डेलमाथि भएको कुटपिटको घटना प्रेस स्वतन्त्रता विरोधी काम भएको महासंघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुको साटो पत्रकारलाई अमानवीय व्यवहार गरेको घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ ।’

तपाईको प्रतिक्रिया