Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले पेश गरेको प्रतिवेदन एनजीओको विसलिष्टजस्तो लागेको बताएकी छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले महामन्त्रीले देश हाँक्ने प्रतिवेदन ल्याउन नसकेको बताइन्।

केन्द्रीय समितिमा गत साउन २ गते महामन्त्री गगन थापाले वार्षिक कार्ययोजना प्रस्ताव गरेका थिए। ती कार्ययोजनामा समेटिएका प्रस्तावका कार्यक्रमले दिने उपलब्धिबारे महामन्त्रीले प्रष्ट नखुलाएको पनि उनको भनाइ थियो।

‘नेपाली कांग्रेस भनेको नेपाल देशको एजेन्डा सेट गर्ने पार्टी हो। देश कता जाने? राजनीति कस्तो र समाज कस्तो हुने? अर्थतन्त्र कस्तो हुने इतिहास हेर्ने हो भने कांग्रेसले नै सेट गरेको छ,’ उनले भनिन्, ‘यसपालि महामन्त्रीको प्रतिवेदन दुरगामी र देश हाँक्नेजस्तो केही कुरा पनि मैले देखिनँ। म अचम्मित पनि भएँ।’

 

तपाईको प्रतिक्रिया