काठमाडौं – सुन तस्करी प्रकरणमा शंकास्पद देखिएको भन्दै चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपालबाट बाहिरिनका लागि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चिनियाँ नागरिक च छ्याङलिङलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।
सुन तस्करी प्रकरणमा शंकास्पद् देखिएपछि विमानस्थल पुगेका छ्याङलिङलाई अध्यागमनले रोकेको थियो। अध्यागमनले प्रस्थान अनुमति नदिएर उनलाई विमानस्थलस्थित सुरक्षा कार्यालयको जिम्मा लगाएको थियो।
सुन तस्करी प्रकरणमा संलग्न हुनसक्ने भन्दै राजस्व अनुसन्धान विभागले अध्यागमन कार्यालयलाई पत्र लेखी छ्याङलिङबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रस्थान अनुमति नदिन आग्रह गरेको थियो। विमानस्थल प्रहरीले थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभागलाई बुझाएको स्रोतले बताएको छ।