काठमाडौँ – झापा गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ टुनु बस्तीमा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई एक जनाको मृत्यु भएको छ ।
शुक्रबार ५५ वर्षकी सिला बुढाथोकीको मृत्यु भएको हो । खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाईलमा फोन आएको कारण फोन उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागी घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।