Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन आगामी सेप्टेम्बरसम्म तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाएको छ। गत मंगलबार माउन्टेन फ्लाइटका लागि सोलुखुम्बु गएका ५ विदेशी पर्यटकसहित ६ जनाको ज्यान जाने गरी मनाङ एयरको हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले नयाँ नियम जारी गरेको हो।

नयाँ नियमअनुसार हेलिकप्टर उडानलाई सुरक्षित बनाउन आगामी अढाई महिनासम्म माउन्टेन, सिलिङ र गैरआवश्यक उडानमा रोक लगाइएको हो। उडानलाई सुरक्षित बनाउन यसबाहेक थप ४ वटा निर्णय प्राधिकरणले गरेको छ। जो यस प्रकार छन् :

१) हेलिकप्टर र छोटो उडान र अवतरणका लागि दैनिक नियन्त्रण र सुपरीवेक्षण टोली गठन।

२) साप्ताहिक समीक्षा गरी सेप्टेम्बरसम्म मनसुनमा एडीटी केन्द्रित उद्धार उडानलगायत हेलिकप्टर सञ्चालन अनुमति।

३) उडान सञ्चालन अनुमति दिँदा प्रस्थान वा अवतरणमध्ये कम्तिमा एक स्थान अनिवार्य विमानस्थल हुनुपर्ने।

४) कम्पनीमा शेयर भएको चालक दललाई सबै प्रकारका व्यवसायिक उडानको विशेषाधिकार खारेज।

 

तपाईको प्रतिक्रिया