Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – अनलाइन जुवा वानएक्सबेटमा सट्टेबाजमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकारसहित ११ जनालाई नै धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक खनालले कलाकारसहित ८ जनालाई ५ हजार रुपैयाँका दरले धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।

यस्तै वानएक्सबेटका मुख्य एजेन्ट भनिएका दिनेश खड्कालाई १० लाख र उनकी पत्नी अनिता धिताललाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएका छन् । रोल्पा नगरपालिका ६ घर भई हाल कीर्तिपुर बस्ने युट्युबर २४ वर्षीय जलन घर्तीमगर, उदयपुर घर भई हाल ललितपुरको महालक्ष्मीथान बस्ने युट्युबर २८ वर्षीय एलिश राई, मुगु घर भई हाल ललितपुरको टीकाथली बस्ने १९ वर्षीय गणेश देवकोटा, प्युठान घर भई हाल काठमाडौंको कलंकी बस्ने २८ वर्षीय बेगम नेपाली, गोरखा घर भई हाल काठमाडौंको बनस्थली बस्ने ३५ वर्षीय मरिचमान श्रेष्ठ, स्याङ्जा घर भई काठमाडौं नयाँ बजार बस्ने राजु पौडेल, धनकुटा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने २९ वर्षीय रोशन खतिवडा, मोरङ घर भई हाल भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरेसँग ५ हजारका दरले धरौटी माग गरिएको हो ।

मोरङको विराटनगर महानगरपालिका ४ का २४ वर्षीय कुशल पोखरेलविरुद्ध पनि मुद्दा दर्ता भएको छ। तर पोखरेल फरार रहेकाले उनको हकमा थुनछेक आदेश भएको छैन । कैलालीको लम्किचुहा नगरपालिका १० घर भई हाल काठमाडौं महानगरपालिका ७ चावाहिल बस्ने २८ वर्षीय दिनेश खड्कासँग १० लाख र उनकी पत्नी २९ वर्षीय अनिता धितालसँग ५ लाख धरौटी माग भएको छ । युट्युबर र कलाकारहरूले नेपालमा गैरकानुनी एप्लिकेशन वान एक्स बेटको प्रचार गरेर रकम लिएको आरोप छ ।

दिनेश खड्का र अनिता धितालले क्रिप्टो करेन्सीको वित्तीय कारोबार कुल बिगो ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ गरी सट्टाबाजी गराउने गरेको र आफू उपरको प्रमाण दबाउने कार्य गरेको अभियोग छ । दिनेश खड्का र अनिता धिताललाई ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ९६ को उपदफा ९१० बमोजिम उक्त बिगो जफत गरी सजाय गर्न माग गरिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार यस अभियोगमा कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणा जरिवाना र ७ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । कलाकारहरूलाई भने विज्ञापन नियमन ऐन २०७६ विपरीतको कसुर गरेको भन्दै तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ । सट्टाबाजीको कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। उक्त कसुर गरेको आरोप पनि उनीहरू माथि छ ।

तपाईको प्रतिक्रिया