Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ९० थानसहित भारतीय नागरिक २१ वर्षीय शिवम कुमार सैनीलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति एयर इन्डियाको उडानद्वारा काठमाडौँबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा शरीर तलासी गर्ने क्रममा उनको साथबाट उक्त अमेरिकी डलर फेला परेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

तपाईको प्रतिक्रिया