Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

काठमाडौं – काठमाडौँका हलमा भारतीय फिल्म ‘आदिपुरुष’को बिहानी प्रदर्शन रोकिएको छ । आदिपुरुषलाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौँ उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरे । फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितिको कारण काठमाडौँ उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिति हेरेर चलाउन निर्देशन दिएको छ ।

बिहानी शोमा विक्री भैसकेका टिकटको रकम फिर्ता गर्ने वा यदि चलेको खण्डमा अर्को शोमा मिलाउने व्यवस्था हलहरूले गरेका छन् । यहीबीच चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ । बैठकमा काठमाडौँ महानगरका मेयर बालेन शाहको अभिव्यक्ति र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।

मेयर बालेनले बिहीबार साँझ  आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिए काठमाडौँमा हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् । तीन दिनभित्र उक्त शब्द नसच्चिए काठमाडौँमा कुनै पनि हिन्दी फिल्म चल्न पाउने उनको चेतावनी छ ।

तपाईको प्रतिक्रिया