Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडौं – वरिष्ठ पर्यटन व्यवसायी तथा यती ग्रुपका कार्यकारी अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको आरोण गरेका छन् । ल्हाक्पा सोनाम शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला तथा राष्ट्रिय विभुति स्वर्गीय पासाङ ल्हामु शेर्पाका श्रीमान् हुन् ।

स्व.पासाङ ल्हामु शेर्पा चढेको ३० वर्षपछि बुधबार ७ बजेर ३४ मिनेटमा ल्हाक्पा सोनाम शेर्पाले सर्वाेच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको शेर्पा अध्यक्ष रहेको कम्पनी थामशेर्कु ट्रेकिङले जनाएको छ ।

१० वैशाख २०५० का दिन पासाङ ल्हामुले सगरमाथा आरोहण गर्दै नेपालको पहिलो महिला आरोही बनेकी थिइन् । सो बेला श्रीमान सोनाम समेत सँगै थिए । तर, उनी क्याम्प २ भन्दा माथि जान सकेका थिएनन् । सोही दिन आरोहण पुरा गरी आधार शिविर फर्कने क्रममा पासाङ ल्हामु शेर्पाको निधन भएको थियो ।

सगरमाथाको आरोहणसँगै लाक्पा सोनाम शेर्पाले विश्वका सात महादेशका सबै अग्ला हिमालको सफल आरोहण गरी सेभेन समिट आरोहण पुरा गरेका छन् । विश्वका सातवटा महाद्विपका सातवटा चुचुराको आरोहणलाई सेभेन समिटका नामले चिनिन्छ ।

यसअघि शेर्पाले छ वटा महादेशका चुचुराहरुको सफलता पूर्वक आरोहण गरेका थिए । उनले जनवरी ११, २०१६ मा अफ्रिकाको माउन्ट किलिमन्जारो (५,८९५ मि), अगष्ट २५, २०१६ मा युरोपको माउन्ट एल्ब्रस (५,६४२ मि), नोभेम्बर १५, २०१६ मा ओसिनियाको माउन्ट पुनकक/माउन्ट कार्सटेन्ज (४,८८४ मि), जुलाई ०७, २०१७ मा उत्तर अमेरिकाको डेनाली (६,१९५ मि), डिसेम्बर १४, २०१७ मा अन्टार्कटिकाको माउन्ट भिन्सन (४,८९७ मि) र जनवरी २४, २०२२ मा दक्षिण अमेरिकाको एकोनवागुआ (६,९६१ मि) हिमालको आरोहण गरेका थिए ।

६४ वर्षीय शेर्पा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ पाङ्गोममा जन्मेका हुन् । सगरमाथा आरोहणका लागी शेर्पा अप्रिल १७ मा काठमाडौंबाट सगरमाथाको लागि प्रस्थान गरेका थिए । ल्हाक्पा सोनाम शेर्पासँगै जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनीले पनि सफलता पूर्वक आरोहण सम्पन्न गरेका छन् ।

झण्डै ५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न शेर्पाले ८००० भन्दा बढी आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराइसकेका छन् । थामसेर्कु ट्रेकिङका संस्थापक, यती एयरलाइन्सका कार्यकारी अध्यक्ष समेत रहेका उनी होटल तथा जलविद्युतजस्ता व्यवसायमा पनि संलग्न छन् । उनले युरोपको माउन्ट ब्लाङ्क, नेपालमा अन्नपूर्ण प्रथम, धौलागिरि हिमाल र थामसेर्कु हिमालको आरोहण पनि गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया