काठमाडौं – पैदल यात्रा गरी न्याय माग्न काठमाडौँ आएका मिटरब्याज पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुँदै आफ्ना पीडा पोखेका छन् । बिहान प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका पीडितहरू प्रधानमन्त्रीसामु भक्कानिएका हुन् ।प्रधानमन्त्रीलाई आफ्नो समस्या सुनाउँदा उनीहरू भक्कानो छाडेर रोए । पीडितमध्येका एक श्यामले आफूलाई मिटरब्याजीले घरबाट निकालेपछि आफ्नै घरमा भाडामा बसेको बताउँदै प्रधानमन्त्रीसामु धरधरी रोएका हुन् ।पीडितमध्ये एक महिलाले १० लाखको रुपैयाँ ऋण लिँदा २७ लाख तिरिसक्दा पनि अझै पैसा तिरिनसकेको भन्दै आफ्नो घर जग्गा कब्जा गरेको पीडा प्रधानमन्त्रीलाई सुनाइन् । उनले आफ्नो पीडा सुनाउँदा भक्कानिएर बोल्न समेत सकिन् ।मिटरब्याज पीडितहरूले दोषीलाई कारबाहीसँगै तमसुक व्यवस्था खारेज हुनुपर्ने, साहुकारको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था गर्नुपर्ने, बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका १० बुँदे माग गरेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार