Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – मिटर ब्याजविरुद्ध महोत्तरीको बर्दिवासबाट पैदल हिँडेका पीडितहरू ११ औं दिन काठमाडौं आइपुगेका छन् । बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोली  काठमाडौँको चन्द्रागिरि नगरपालिका मातातीर्थ आइपुगेको हो ।

बालबच्चा बोकेका महिलाहरु समेत पैदल मार्चमा सहभागी छन् । मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोधस्वरूप पैदल हिँडेका हुन् । गाउँ–गाउँबाट आएका पीडितहरूले र्‍यालीसँगै नाराबाजी गर्दै हिँडिरहेका छन् । मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याजपीडित चैत २ गते काठमाडौँका लागि हिँडेका थिए ।

भोलि (सोमबार) देखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ । तमसुक व्यवस्था खारेज गर्नुपर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनुपर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने लगायका माग उनीहरुले राखेका छन् ।

तपाईको प्रतिक्रिया