Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चालू आर्थिक वर्षमा बरामद गरेका मोबाइलबाट १ करोड ७३ लाख २६ हजार ७०४ रुपैयाँ राजश्व संकलन गरेको छ ।

यो अवधिमा विभिन्न खालका ३२३ थान मोबाइल लिलाम बिक्री भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । २५ सय ५ थान मदिरा लिलाम बिक्री बापत १ करोड ५ लाख ८६ हजार ६९७ रुपैयाँ संकलन भएको छ ।

सवारी साधन, कपडा, खाद्य पदार्थ, इलेक्ट्रोनिक लगायतका मालवस्तु लिलाम बिक्री बापत रु १ करोड १० लाख ६८ हजार १५६ रुपैयाँ गरी जम्मा ३ करोड ८९ लाख ८१ हजार ५५७ रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया