Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

काठमाडौं – आइसीसी विश्वकप लिग अन्तर्गत अहिले नेपालले युएईलाई पराजित गरेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछाएको युएई ४५ ओभरमा अल आउट हुँदै १८७ रन मात्र बनाएपछि खेल नेपालले ४२ रनले जितेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

युएईका लागि आसिफ खानले सर्वाधिक ८२ रन बनाए भने अर्याँ लाक्राले ५० रन बनाएका थिए । त्यस्तै व्रितय अरविन्दले १३ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै नेपाली बलर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र आरिफ सेखले एक एक विकेट लिएका थिए ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाएका थिए । भीमले आरिफ र सन्दीपसँग ५६-५६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्थानमा पुर्‍याएका थिए ।

त्यस्तै नेपालका सन्दीप लामिछाने २७ रन बनाए भने कुशल मल्लले ३२ रन, रोहित पौडेलले १, ओपनर आसिफ सेखले ६ रन, ज्ञानेन्द्र मल्लले ११ रन, दीपेन्द्र सिंह ऐरीले ४, करण केसीले १७ रन  बनाएर आउट भएका थिए । आरिफ सेखले अविजित ४३ रन बनाए भने प्रतिस जिसीले अविजित ११ रन बनाएका थिए ।

त्यस्तै युएईका बलर जुनैद सिद्धिकीले सर्वाधिक ३ विकेट लिए भने रोहन मुस्तफा र आर्यन लक्राले २-२ तथा कार्थिक मेईयाप्पनले एक विकेट लिएका थिए ।यो जितपछि नेपाल आसिसी विश्वकप लिग-२ मा युएईलाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ । नेपालको ३२ खेलमा ३२ अंक भएको छ भने युएईको ३२ खेलमा ३१ अंक रहेको छ । अब नेपाल, युएई र पीएनजीकै त्रिकोणीय सिरिज आगामी बिहीबारदेखि काठमाडौँमा हुनेछ ।

तपाईको प्रतिक्रिया