Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन् । पाइलट भावना पन्तसँगै कोपाइलट श्रृजना राउतको टोलीले उडान भरेका हुन् ।

काठमाडौंदेखि दुबईको उडानमा पहिलो पटक दुई महिला पाइलटले सँगै उडान भरेको पाइलट पन्तले बताएकी छन् । पाइलट पन्तले नेपाल उड्डयनमा ऐतिहासिक क्षण बनेको बताइन् । उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्, ‘नेपाल उड्डयनमा ऐतिहासिक क्षण। नेपाल वायुसेवा निगममा पहिलो पटक राष्ट्रिय ध्वजावाहक दुवै महिला पाइलटले काठमाडौंबाट दुबईको अन्तर्राष्ट्रिय उडानमा सँगै उडान भरेको इतिहास रचिएको छ ।’

पाइलट भावना विगत २५ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध छिन् । आइतबार १२:०४ को समयमा एयरबस ३२० बाट काठमाडौं-युएई उडान गरेका हुन् । उक्त जहाजमा १५३ यात्रु सवार थिए । यो टोली आगामी बुधबारको उडानमा यात्रु लिएर काठमाडौं फर्कने निगमले जनाएको छ । निगमका अनुसार बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सम्पुर्ण चालक दलका सदस्यहरू महिला हुनेछन् ।

तपाईको प्रतिक्रिया