Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण २९, २०८१
Thursday, March 13, 2025

टोकियो – भूकम्प गईरहने देशको चिनारी पाएको जापानको राजधानी टोकियो आसपासलाई केन्दबिन्दु पारेर निकट भविष्यमा ठूलो भूकम्प जाने भूकम्पविदहरुको प्रक्षेपण छ । प्राकृतिक प्रकोपलाई रोक्न नसकिएता पनि त्यसबाट हुने क्षतिलाई कम गर्न भने अवश्य सकिन्छ । तर त्यसका लागि पूर्व तैयारी र उच्च सतर्कता भने अवश्य जरुरी हुन्छ ।
त्यसैका लागि वर्षेनि ठूलो बजेट खर्च गरेर जापान सरकारले आफ्नो मातहतका विभिन्न निकायहरु मार्फत त्यस सम्बन्धि सचेतनामुलक अभिमुखीकरण कार्यक्रम गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा टोकियो महानगरीय सरकारले यहाँ रहेका विदेशीहरुलाई लक्षित गरी प्राकृतिक प्रकोपजन्य घटनाबाट कसरी बच्न सकिन्छ र यसबाट हुने क्षतीलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा सचेतनामुलक एक दिवसीय ब्यवहारिक अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम यहि मार्च १८ तारिख शनिबारका दिन हुने बताईएको छ । नेपाली र भियतनामी भाषाका सहकजकर्ताको सुबिधा समेत रहेको सो कार्यक्रम बिहानी सत्र र अपरान्ह सत्र गरी दुई सत्रमा बिभाजन गरिएको छ । बिहानीको सत्र १०:२० बजेदेखि १२:१५ बजेसम्म हुने छ भने अपरान्हको सत्र १४:१० देखि १६:०५ बजेसम्म हुने बताईएको छ । उक्त कार्यक्रममा भाग लिन चाहने इच्छुकहरुले भने यहि मार्च ११ तारिखसम्म नाम दर्ता गराईसक्नुपर्ने छ ।टोकियो महानगरपालिकाको प्राकृतिक प्रकोपजन्य घटनाबाट हुने क्षती न्यूनीकरण महाशाखाका इन्चार्ज निनोमिया ताकुयाले समुद्रपारिसंग संक्षिप्त कुरा गर्दै यसप्रकारका सचेतनामुलक कार्यक्रम हरेक वर्ष गर्दै आईरहेकोमा पछिल्ला २, ३ वर्ष भने कोभिड-१९ का कारण स्थगित गर्नुपरेको बताए । उनले अगाडि भने – विज्ञहरुका अनुसार टोकियो आसपासका क्षेत्रलाई केन्द्रबिन्दु बनाई निकट भविष्यमै ठूलो भूकम्प जाने प्रक्षेपण गरिएको छ, त्यसप्रकारका प्रकोपबाट आफू पनि बच्न र अरुलाई पनि बचाउँदै जतिसक्दो क्षती कम गर्ने बारे हामीले ब्यवहारिकरुपमै सिकाउने छौं । विदेशीहरुलाई लक्षित गरी आयोजित उक्त निःशुल्क कार्यक्रममा सहभागी भई मौकाको फाइदा उठाउन प्रबन्धक ताकुयाले अपिल गरे ।

कार्यक्रममा भूकम्पको धक्काको महशुस गराईनुका साथै, भूकम्पपश्चात हुने संभावित आगलागीबाट बच्न, बचाउन, आगो निभाउन वा धुँवाको मुस्लो छल्दै भाग्न सिकाइने छ । यसैगरी भूकम्पपश्चात संभावित सुनामी वा बाढिबाट ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भाग्न पनि सिकाईने छ ।

एक सत्रमा जम्मा १५ जना सहभागीले मात्र भाग लिन सकिने सो कार्यक्रममा सहभागीहरुका लागि उपहारको पनि ब्यवस्था रहेको बताईएको छ । सहभागीहरुको संख्या क्षमताभन्दा बढि भएमा गोलाप्रथाबाट सहभागीको छनौट गरिने बताईएको छ ।

टोकियो महानगरिय क्षेत्रमा ५ लाख ८० हजार विदेशीहरु रहेको र उनीहरुप्रति लक्षित यसप्रकारका सचेतनामुलक कार्यक्रम नियमित गरिने योजना रहेको ताकुयाले  जानकारी दिए ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया