Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । कोषले बुधबार पशुपतिमा पत्रकार सम्मेलन गरी फागुन ६ गते शनिबार पर्ने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले शिवरात्रिका अवसरमा जगतगुरु शंकराचार्य सरस्वती श्रीनिश्चलानन्द स्वामीसहित करिब ५ हजार जना सन्तमहन्तहरु आउने जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक खतिवडाले शिवरात्रि पर्व व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्थापन मूल समारोह समिति तथा विभिन्न ८ वटा उपसमिति गठन गरी व्यवस्थापनका आवश्यक काम भइरहेको पनि जानकारी दिनुभयो ।

यस वर्षको शिवरात्रिमा करिब २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान रहेको र भक्तजनको व्यवस्थापनका लागि पाँच वटा लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । यस्तै पशुपतिनाथका नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र दर्शन गर्ने व्यवस्था मिलाइएको कोषाध्यक्ष सुवेदीले बताउनुभयो ।

शिवरात्रि पर्वका दिन दर्शनार्थीको चाप व्यवस्थापनका लागि एयरपोर्ट, गौशाला चाबहिल क्षेत्रमा सडकको आधा भागमा मात्र सवारी साधन गुड्न दिने र आवश्यकता अनुसार सवारी डाइभर्सनको व्यवस्था मिलाउने कोषले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया