सुन्नुहोस् :
काठमाडौँ – मोरङमा पटक–पटक हात्तीपाइले रोग रोकथामका औषधि खुवाउने कार्यक्रम अभियानका रुपमा सञ्चालन भए पनि उद्देश्य हासिल हुन नसकेपछि पुनः यो अभियान सञ्चालन गरिने भएको छ ।
यसअघि मोरङमा ११औँ पटकसम्म हात्तीपाइलेको औषधि खुवाइ सकिएको भए पनि उपलब्धि दर १६ दशमलव ७८ प्रतिशत मात्र पुगेपछि मोरङ जिल्ला यो अभियानमा असफल जिल्लाका रुपमा रह्यो । सरकारले सन् २०३० सम्ममा नेपाललाई यस रोगबाट उन्मूलन गर्ने लक्ष्य लिएअनुसार प्रदेश नं १ का झापा र मोरङमा यो अभियान सञ्चालन हुने भएको हो ।
अभियानअन्तर्गत मोरङमा फागुन ११ गतेदेखि हात्तीपाइलेको औषधि खुवाउने अभियान सुरु हुने भएको छ । उर्लाबारीसहित १७ वटा पालिकामा हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रमबारे अन्तक्र्रिया तथा छलफल गरेका छन् ।
बुधबार उर्लाबारी नगरपालिकाले नगरस्तरीय छलफल कार्यक्रम गरेको छ । पटकपटक औषधि खुवाएर पनि हात्तीपाइले निवारण नभएको कारण ११ औँ पटक हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रम गर्नुपरेको उर्लाबारी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेश खड्काले जानकारी दिनुभयो ।