Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ। बुधबार दिउँसो १२ बजेदेखि नै निर्वाचन प्रक्रिया सुरु भएकोमा बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुन लागेको हो। सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास भए पनि अध्यक्ष पदका आकांक्षीहरु सहमत हुन नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको हो। अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति तथा ३ वटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ। प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन्। यस्तै, अध्यक्ष १, महासचिव र कोषाध्यक्ष १–१ जना, उपाध्यक्ष ४ र सचिव १० जना गरी पदाधिकारीहरुको चयन हुनेछ। १० सचिवमा ३ महिला, १ समावेशी र ६ खुला निर्वाचित हुनेछन्। अनेरास्ववियुको भावी अध्यक्षका लागि आरसी लामिछाने लगायत ५ जना आकांक्षी छन्। उपाध्यक्ष झपिन्द्र खत्री, समिक बडाल, वाङ्छु योञ्जन, लोकेश निरौला, उमेश आचार्य र मोति विकले अध्यक्षमा आकांक्षा देखाएका छन्।

निवर्तमान कमिटी मंगलबार नै भङ्ग गरेर अध्यक्ष मण्डलको घोषणा गरिएको छ। एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलमा खिमलाल भट्टराई, विनोद ढकाल, रचना खड्का, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन्।

 

तपाईको प्रतिक्रिया