Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ – काठमाडौँको गोंगबु बसपार्कमा भएको घटनाको विषयले सांसदमा प्रवेश पाएको छ । नेपाली कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राप्रपाका सांसदहरूले घटनाका दोषीलाई कारबाहीको माग गरेका हुन् । जारी प्रतिनिधिसभा बैठकमा बोल् कांग्रेसका सांसद डा. प्रकाशरण महतले नयाँ बसपार्कमा भएको घटनाको छानबिन गर्न माग गरे । ‘नयाँ बसपार्कमा घटेको घटनाले अत्यन्त गम्भीर बनाएको छ । साना व्यवसायीहरू लुटिएका छन् । दिनदहाडै लुटपाट मच्चिएको छ र सरकारले शान्तिको प्रत्याभूति दिन सकेन,’ उनले भने, ‘कसले घटना घटाएको हो ? मजदुरको नाममा अरू कोही प्रवेश गरेको हो ? यसको छानबिन होस् । यातायात व्यवसायीको माग पनि सम्बोधन होस् ।’

एमाले सांसद सूर्य थापाले घटनाबारे संसद्लाई जानकारी गराउन माग गरे । उनले नयाँ बसपार्कमा भएको घटनाबारे जानकारी गराउँदै दोषीलाई कारबाहीको माग गरेका हुन् । शिक्षा मन्त्री तथा रास्वपाका सांसद शिशिर खनालले पनि घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । ‘के हामीलाई राज्यले विदेश जान भनेको हो ? ल्होत्से मलमा लुटिएका व्यवसायीले आज बिहान सोधेको प्रश्न हो यो,’ उनले भने, सुनियोजित हिसाबले मजदुर आन्दोलनको आडमा योजनाबद्ध रुपमा भएको घटनामा दोषीलाई कारबाही गर्नुपर्छ । आम व्यवसायीले व्यवसाय गर्न पाउने वातावरण सृजना होस् ।’

रास्वपाकै सांसद विराजभक्त श्रेष्ठ घटनाप्रति ध्यानाकर्षण भएको बताए । ‘असन्तुष्टि व्यक्त गर्न पाइएपनि अराजक हुन पाइँदैन । ल्होत्से घटनामा संलग्नलाई कडा कारबाहीको हुनुपर्छ ।,’ उनले भने, ‘ दोषीहरूलाई सिसिटिभी र अन्य माध्यमहरूले हेरेर भएपनि कडा कारबाहीका माग गर्दछु ।’ राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले दिउँसै लुट मच्चाउनेहरूलाई कारबाहीको माग गरे । दिउँसो प्रहरी प्रशासन नभएजस्तो भएको उल्लेख गर्दै उनले तुरुन्त गृहमन्त्री नियुक्तिको माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया