Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको मुद्दाको सुनुवाइ सकिएको छ । शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो।

अस्ति (माघ ११ गते बुधबार) हेर्दा हेर्दैको सूचीमा परेको मुद्दाको सुनुवाइ आज भएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मलित संवैधानिक इजलासमा अस्ति (बुधबार) मुद्दाको सुनुवाइ सकिएको थिएन। आज अन्तिम सुनुवाइ सकिएको हो । सुनुवाइपछि अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन्।

 

तपाईको प्रतिक्रिया