काठमाडौँ – शिक्षा मन्त्रालय र विभागको नक्कली छाप बनाएको आरोपमा कन्सल्टेन्सीका सञ्चालकसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौं डिल्लीबजारमा रहेको फ्युजन कन्सल्टेन्सीमा छापा मारेर सञ्चालक माधब पौडेलसहित ३ जनालाई पक्राउ गरेको हो ।
कन्सल्टेन्सीमा शिक्षा मन्त्रालय र विभागको नक्कली छाप र लेटरप्याड भेटिएको परिसरका प्रवक्ता एसपी निदेश मैनालीले बताए । विद्यार्थीहरूलाई विदेश पठाउन आवश्यक बैंक स्टेटमेन्ट समेत सो कन्सल्टेन्सीले नक्कली बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको परिसरले जनाएको छ ।