Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्। पार्टीको हिजो बिहिवार बसेको स्थायी कमिटी बैठकमा दाहालले यस्तो संकेत गरेका हुन् ।

१० पुषमा प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले र माओवादीबीच राष्ट्रपति एमालेले लिने सहमति भएको चर्चा थियो । तर, प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिएपछि भने स्थितिमा फेरबदल आएको छ । २६ पुषमा संसदमा विश्वासको लिँदा प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि मत दिएको थियो । सोही दिनदेखि दाहालले राष्टिय सहमतिको आवश्यकत्ता औंल्याएका छन् । उनी महत्वपूर्ण पदमा सन्तुलन मिलाउनुपर्ने पक्षमा छन् ।

माओवादीबाट आफू प्रधानमन्त्री भएका दाहाल राष्ट्रपति एमालेलाई दिने पक्षमा छैनन् । एमालेले सभामुख पाइसकेको छ । अब राष्ट्रपति पनि पायो भने शक्ति सन्तुलन खल्बलिने उनको बुझाई छ । माओवादी केन्द्रभित्र पनि एमालेलाई राष्ट्रपति दिन नहुने आवाज उठेको छ। राष्ट्रपतिमा दाहालले सवैलाई मान्य हुने साझा व्यक्तिको खोजी गरेका छन् । उनी आफ्ना पूर्व सहकर्मी बाबुराम भट्टराईलाई राष्टपति बनाउने पक्षमा छन् । बाबुराम पनि आफूलाई सबैको साझा व्यक्तिको रुपमा प्रस्ताव आए त्यो जिम्मेवारी लिन तयार रहेको बताईसकेका छन् ।

बिहिवारमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा पनि ओलीले दाहालसँग राष्ट्रपतिको निर्वाचनबारे चासो राखेका थिए । कांग्रेस नेतृत्व भने राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा प्रचण्डले आफूहरुसँग नै गठबन्धन गर्नेमा विश्वस्त छन् ।

तपाईको प्रतिक्रिया