Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्बको आयात भएको छ । यस ६महिनाको अवधिमा कूल १८२ दिन छन् । साउन, भदौ र असोजमा समान ३१/३१, कात्तिकमा ३०, मंसिरमा २९ र पुसमा ३० गरी कूल १८२ दिन पुुग्छ । यसअनुसार चालू वर्षको ६ महिनामा भएको कूल आयात ७ खर्ब ९२ अर्ब रुपैयाँलाई १८२ दिनले भाग गर्दा औसतमा दैनिक ४ खर्ब ३५ करोड रुपैयाँको आयात भएको देखिन्छ । यद्यपी, गत आर्थिक वर्षको ६ महिनाको अवधिको आयात गर्दा दैनिक साढे ५ अर्बभन्दा बढीको वस्तु आयात भएको थियो ।

चालू आर्थिक वर्षमा खनिज तेल (पेट्रोलियम पदार्थ)को आयातमा १ खर्ब ६४ अर्ब ८० करोड ८३ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, तरकारीको आयातमा १७ र फलफुल लगायतको आयातमा ८ अर्ब रुपैयाँ बाहिरिएको छ । यसैगरी, फर्मासिटिकल्को आयातमा २२ अर्ब, प्लाष्टिकजन्य वस्तुको आयातमा ३० अर्ब, फलाम र स्टिलजन्य वस्तुको आयातमा ७७ अर्ब रुपैयाँ बाहिरिएको छ । यसका साथै, यस अवधिमा मेसिनरीको आयात गर्दा ४८ अर्ब, विभिन्न विद्युतीय मेसिनको आयातमा ५१ अर्ब र क्यामेरा, स्क्यानर मेसिन लगायतको आयातमा १२ अर्ब रुपैयाँ बाहिरिएको विभागले जनाएको छ ।

दैनिक ४४ करोडको निर्यात

नेपालमा प्रतिदिन ४ अर्ब ३५ करोड रुपैयाँको आयात हुँदा निर्यातभने कछुवा गतिमा देखिएको छ । विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालबाट भएको निर्यातलाई केलाउँदा यस्तो देखिएको हो । विभागका अनुसार यस अवधिमा नेपालबाट ८० अर्ब ८० करोड रुपैयाँको निर्यात भएको छ ।

यसअनुसार ६ महिनाको १८२ दिनले नेपालको कूल निर्यातलाई भाग गर्दा दैनिक ४४ करोड ३९ लाख रुपैयाँको निर्यात भइरहेको देखिन्छ । जबकी, निर्यातको तुलनामा आयात झण्डै ४ अर्ब रुपैयाँ प्रतिदिनले बढी छ । गत वर्षको यही अवधिमा नेपालबाट दैनिक ६५ करोड ३० लाख रुपैयाँको निर्यात भएको थियो ।

६ महिनाको अवधिमा नेपालबाट ७ अर्ब रुपैयाँको कफि र चिया निर्यात भएको छ । यस्तै, २१ अर्ब रुपैयाँको खानेतेलको निर्यात हुँदा १ अर्ब रुपैयाँको फर्मासिटिकल्सको समेत निर्यात भएको छ । यसबाहेक, उनी तथा फेल्ट र कपडाको निर्यात भएको तथ्यांमा देखिएको छ ।

तपाईको प्रतिक्रिया