Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिका लागि राजनीतिक लडाईं सुरु भइसकेको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष केसीले दलहरुबीच राष्ट्रपतिका लागि लडाईं सुरु भइसकेको बताएका हुन् ।

यसका लागि दलहरुलाई कम्फरटेबल सभामुखको भूमिका चाहिने भएकाले सभामुखलाई पनि गाह्रो हुने स्थिति देखिएको भन्दै उनले दलहरुले पद र शक्तिका लागि गरेको लडाईंप्रति कटाक्ष गरे । दलहरुले अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा राखेको आरोप लगाउँदै उनले महिलालाई सभामुख नबनाएर उपसभामुखमा सीमित गर्न खोजेको बताए ।

तपाईको प्रतिक्रिया