काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा एमालेनिटक प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंचबाट अध्यक्षमा राजेन्द्र भण्डारी विजयी भएका छन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंचका तर्फबाट अध्यक्ष लगायत अन्य पदमा विजय भएका छन् । हिजो भएको संघको २९औं साधारणसभाको निर्वाचनमा मञ्चका उम्मेदवार रहेका राजेन्द्र भण्डारीको प्यानलले ९ पदमध्ये ५ पदमा जित निकालेकाे हो । भण्डारीले १९९ मत प्राप्त गरी बिजयी भएका हुन् । भुवनसिं गुरुङले १५७ मत पाए भने, कुमुद खनालले १३१ र इश्वर जिसीले १२८ मत प्राप्त गरेका थिए ।
भण्डारी प्यानलबाट अध्यक्षमा राजेन्द्र भण्डारी, प्रथम उपाध्यक्षमा डिक बहदुर खत्री, दितिय उपाध्यक्षमा सन्जु गुरुङ, तृतिय उपाध्यक्षमा रोशन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिबमा कर्णराज कटुवाल, कोषाध्यक्षमा सरिता घले विजय भएका छन् ।
सो प्यानलबाट सदस्यहरुमा राजेन्द्र बस्नेत, बैकुण्ठ प्रसाद पौडेल, देउमान नेम्वाङ, आनन्दप्रसाद कोइरालाले विजय प्राप्त गरेका हुन् । यसैगरी अन्य सदस्यामा बिक्रम श्रेष्ठ, देविमाया थापा, कैलाश पाठक, नारायण भुसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बु निर्वाचित भएका छन् । भन्डारी प्यानलले २२ बुँदे घोषण पत्र बोकेर चुनावमा गएको थियो ।