काठमाडौँ – प्रतिनिधिसभा उपसभामुख पदका लागि शनिवार दिउँसो निर्वाचन हुँदैछ । शनिवारको प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उपसभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
उपसभामुखमा सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना उम्मेदवार छिन् भने नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार बनेकी छन् ।कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।