काठमाडौं – प्रतिनिधि सभाले विहीबार सभामूख पाएसँगै उपसभामूख चयनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरू हुँदै छ । सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन भोलि शनिवार हुनेछ । बिहीबार प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् ।दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उपसभामुख पदमा मनोनयन दर्ता र अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ ।