काठमाडौँ – काठमाडौंको सुन्धारामा रहेको सिभिल मलमा पुगेर एक युवकले आफ्नै शरीरमा आगो लगाएका छन् । आज (बिहीबार) बिहान सवा ११ देखि १२ बजेको बीचमा ती युवाले सिभिल मलको भुइँ तलामा आफैमाथि पेट्रोल र्छकेर आगो लगाएका हुन् ।
ती युवक काठमाडौँ महानगरपालिका वडा नं. १६ बस्ने २९ वर्षीय विसङ गुरुङ रहेको काठमाडौँ प्रहरीले जनाएको छ । उनको बेलैमा उद्धार भएकाले ज्यान भने जोगिएको छ । ती पुरूषले सिभिल मलको भुइँ तलामा आफैंमाथि पेट्रोल छर्किएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।
उनले आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको थियाे। हाल उनकाे राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेकाे छ। उनले आत्मदाह गर्न खाेज्नुकाे कारण भने खुलेकाे छैन ।