काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारलाई भेट्न महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेका छन् ।केहिबेरअघि महाराजगञ्ज पुगेका प्रधानमन्त्री प्रचण्डले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि निर्देशन दिएका छन् ।
साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे । सो क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका साथै मृतकका आफन्तसँग भेटघाट गरेका थिए ।