Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे दाङको देउखुरीमा बस्ने प्रदेश सभाको बैठकमा गिरीले विश्वासको मत लिने कार्यसूची रहेको छ। एमाले पोलिटब्युरो सदस्य गिरी माओवादीसहितको समर्थनमा पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। लुम्बिनीमा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति, जसपा, जनमत, लोसपा र २ स्वतन्त्र गरी ५८ प्रदेशसभा सदस्यको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका हुन्।

लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत र लोसपाका ३/३, स्वतन्त्र २ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन्। मुख्यमन्त्री गिरीले शपथ ग्रहणकै दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। यता विपक्षीमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री गिरीलाई विश्वासको मत नदिने दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए।

लुम्बिनी प्रदेशको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड मंगलबार निर्विरोध निर्वाचित भएका थिए। सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोनयन दर्ता भएको थियो। उपसभामुखमा तीनजनाको मनोनयन परेको थियो। नागरिक उन्मुक्तिले उपसभामुखका उमेदवार निर्मलादेवी चौधरी र कांग्रेसले विश्वप्रेम पाठकलाई उपसभामुखबाट उम्मेदवारी फिर्ता लिन निर्देशन दिएपछि राप्रपाकी मेनुका केसी खाँड निर्विरोध भएकी हुन्। संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

तपाईको प्रतिक्रिया