Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – नेकपा एमालेले सरकारमा पठाउने ८ मन्त्रीको नाम टुंगो लगाएको छ । यसपटक एमालेबाट अधिकाशं नयाँ अनुहारले अवसर पाउने भएका छन् । यसअघि शपथ लिइसकेका ३ विना विभागीय मन्त्रीबाहेक भगवती चौधरी, हरि उप्रेती, पदम गिरी, विमला राई र बलराज अधिकारी आज मन्त्री बन्नेछन् । चौधरी कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेकी सांसद हुन् । गिरी पर्वतबाट २ पटक विजयी सांसद हुन् । उप्रेती सर्लाही र अधिकारी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साहले पुस ११ गते शपथ लिएका थिए । उनीहरूले अहिलेसम्म मन्त्रालय पाएका थिएनन् । एमालेले एउटा राज्यमन्त्री पनि पाउने छ । अर्थ मन्त्रालय लिइसकेको एमालेले रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, कृषि विकास र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधान र अर्थसहित नेकपा एमालेको तर्फबाट सरकारको नेतृत्व उपाध्यक्ष विष्णु पौडेलले गरेका छन् ।

मंगलवार नयाँ मन्त्रीको शपथ हुँदैछ । राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बनेर सरकारमा सहभागी हुँदैछन् । माओवादीले पाएको सञ्चार, संघीय मामिला र सामान्य प्रशासन र युवा तथा खेलुकुद मन्त्रालयमा नयाँ मन्त्रीले शपथ गर्दैछन् ।

 

तपाईको प्रतिक्रिया