काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सोमबार बिहान नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड ओलीनिवास बालकोट पुगेका हुन्। भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ।
प्रधानमन्त्री प्रचण्डले आइतबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए। तर आइतबार पोखरामा विमान दुर्घटना भएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्न सकेको थिएन । आजको भेटमा पनि सरकारको पूर्णतासँगै भेटवार्तामा शक्ति बाँडफाँट, राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन, सभामुख र उपसभामुखको निर्वाचन र उम्मेदवारबारे छलफल हुनेछ। सत्ता साझेदार दलबीच विभिन्न चरणमा छलफल जारी रहेको छ।