Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।

बैठकपछि उपप्रधान तथा अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाबारे छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने जानकारी दिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जहाजमा ७२ जना सवार थिए । जसमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। ५३ नेपाली यात्रु र १५ विदेशी नागरिक रहेको यती एयरलाइन्सले जनाएको छ।

सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ । विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने पनि उपप्रधानमन्त्री पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया