काठमाडौँ – लगातार बढ्दै गएको सुनको मूल्य यो बर्षकै उच्च विन्दुमा पुगेको छ ।माघको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख पाँच हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार एक लाख तीन हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक हजार १ सय रुपैयाँले बढेको हो। गत वर्षको फागुन २५ गते एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको थियो ।
यस्तै, शुक्रबार प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।