Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – नेपाली दूतावास टोकियोको आयोजनमा दूतावासबाट दिँदै आएको सबै सेवाहरु सहितको घुम्ती सेवा, शनिबार जापानको साईतामा (केन) प्रान्तबाट शुरु भएको छ । गैर आवसीय नेपाली संघ (एनआरएन) जापानको सहयोगमा नेपाली राजदूतावास टोकियोले सेवाग्रहीहरुको अनुरोधलाई सम्बोधन गर्न जापानमा विभिन्न ६ स्थानबाट घुम्ती सेवा दिने निर्णय अनुसार पहिलो घुम्ती सेवा साईतामा क्षेत्रको खावागएबाट शुरु गरेको हो । जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले पहिलो सेवाग्राही डेक राज अर्यालको ईपासपोर्टको फोटो खिचेर शुरुवात भएको थियो । पहिलो घुम्ती सेवाबाट करिब ५० जनाले सेवा प्राप्त गरेको नेपाली राजदूतावास टोकियोका प्रथम सचिव जित बहादुर कार्किले जानकारी दिए ।

दोस्राे घुम्ती सेवा जनवरी २८ र २९ तारिक नागोयामा हुनेछ त्यसैगरी फेब्रोवरी ११ र १२ गुम्बाकेन, मार्च ४ र ५ सेन्दाई, एप्रिल १ र २ फुकुओका, एवं अन्तिम घुम्ती सेवा एप्रिल २९ र ३० ओसाकामा सम्पन्न हुने नेपाली दूतावास टोकियोले जानकारी दिएको छ । घुम्ती सेवामा विद्युतीय राहदानी एवं अन्य कन्सुलर सेवाहरु प्रदान गरिएको छ ।करिब १ लाख ३० हजार नेपालीहरुको बसोबास रहेको जापानमा टोकियो बाहेक अन्य क्षेत्रहरुमा पासपोर्ट सहित कन्सुलर सेवाका लागि टोकियो नै आउनु पर्ने झन्झटलाई कम गर्न घुम्ती सेवा गरिएको घुम्ती सेवामा आई सेवा लिन एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेलले सबै जापानवासी नेपालीलाई आग्रह गरेका छन् ।

सरकारले एमआरपी सगै (ईपासपोर्ट) विद्युतिय पार्सपोर्ट लागु गरेपछि तोकिएको स्थानमा नै आउनु पर्ने नियमलाई नेपाली दूतावास जापानले एनआरएन जापानको सहयोगमा जापानका विभिन्न केन क्षेत्रहरुमा घुम्ती सेवा मार्फत सेवा उपलब्ध गराएको हो । शनिबार सम्पन्न घुम्ती सेवामा नेपाली दूतावासका तर्फबाट राजदूत सहित उपनियोग प्रमुख अम्बिका जोशी, प्रथम सचिव जित बहादुर कार्की, तीतृय सचिव ज्ञानहरी ज्ञवली, एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल वरिष्ट उपाध्यक्ष नविन न्यूउरे, उपाध्यक्ष संगिता अधिकारी, महासचिव सिद्दार्थ श्रेष्ठ, महिला संयोजक अन्जु भन्डारी, प्रवक्ता शुभाष लामिछाने एवं सदस्यहरु मनोज श्रेष्ठ, सचिन आचर्यको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया