Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – पोखरालाई कार्यक्षेत्र बनाएर २० वर्षअघि स्थापना भएको किसान कृषि सहकारी संस्था ३ हप्तादेखि बन्द छ । दैनिक खर्च धान्न नसकेको सहकारीले बचतकर्तालाई पैसा फिर्ता पनि गर्न सकेको छैन । सयौँ बचतकर्ता बिचल्लीमा परेका छन् । दैनिकी गास कटाएर जम्मा गरेको बचत निकाल्न जाँदा उल्टै धम्क्याउन थालेपछि सहकारी विरुद्ध बचतकर्ताले पोखरा महानगरको सहकारी शाखामा उजुरी दिएका छन् । महानगरले सहकारीमा ताकेता पनि गर्यो, तर समस्या समाधान भएको छैन ।

महानगरले बिहीबार सहकारी संस्था र पीडित पक्षलाई छलफलका लागि बोलाएको थियो । तर, पीडितहरूले पैसा माग्दा सहकारी नेतृत्वले अघिल्लो कार्यसमितिलाई देखाउने र अघिल्लोले हालको कार्यसमितिलाई देखाउँदा समस्याको गाँठो नफुकेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठ पैसा हिनामिनामा जोडिएको आरोप सहकारीमा सम्बद्ध र बचतकर्ताले लगाएका छन् ।

श्रेष्ठ अध्यक्षमा हुँदाका बखत नै सहकारी डुब्न थालेपछि कार्यबाहक अध्यक्ष दिएर चोखिएको आरोप अरूहरूको छ । उनी अध्यक्ष हुँदा नै लाखौं पैसा हिनामिना भएको सहकारीका तत्कालीन व्यवस्थापक विशाल बस्ताकोटी बताउँछन् । उनले आफूले नेतृत्व गर्दा अर्को सहकारीमा काम गर्नेसँग पैसा सापटी गरेर ग्राहकको समस्या समाधान गर्ने गरेको सुनाए ।

 

तपाईको प्रतिक्रिया