Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली उनको निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ ।  छलफलमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि अब मन्त्रिपरिषद विस्तारको तयारी छ । प्रदेशहरुमा पनि मुख्यमन्त्री नियुक्त भए पनि मन्त्रिपरिषद विस्तार भएका छैनन् । स्रोतका अनुसार दुई नेताहरुबीच मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको हो । बुधबार प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनको घर बालकोट पुगेका थिए । बिहीबार भने ओली बालुवाटार पुगेका हुन् ।

तपाईको प्रतिक्रिया