काठमाडाैँ – नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महत्त्वपूर्ण र सम्मानजन जिम्मेवारी दिने जनाउँदै पार्टी प्रवेश गर्न ‘स्वागत पत्र’ पठाएकाे छ। नेकपा एमाले त्यागेका नेता भुसाललाई पार्टीमा भित्र्याउनका लागि बुधबार साँझ स्वागत पत्र पठाएको एकीकृत समाजवादी सचिवालयले जनाएकाे छ।सचिवालयका अनुसार यसअघि भुसालले पाठाएकाे पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालकाे निर्देशनमा उक्त ‘स्वागत पत्र’ पठाइएको हाे।
महासचिव दाबी गरिरहेका भुसाललाई कुनै जिम्मेवारी हालम्म नछुट्याइएकाे भएपनि उनकाे इतिहासकाे उच्चतम मूल्यांकन गर्दै पार्टीमा सम्मानजन र महत्वपूर्ण जिम्मेवारी दिन समाजवादी सकारात्मक छ। अबकाे केहीदिनमा पार्टी प्रवेशकाे तयारीमा रहेका भुसाललाई सुरुमा भने सचिवालय सदस्यकाे जिम्मेवारीमा ल्याइने एकीकृत समाजवादी सचिवालय बताउँछ।
प्रतिनिधि सभामा पार्टीले टिकट नदिएपछि भुसालले एमाले त्याग गर्दै रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको साथ रहँदा पनि निर्वाचनमा पराजय व्यहोरेपछि भुसाल फेरि दलगत राजनीतिमा फर्किन लागेका हुन्।