काठमाडौँ – प्रदेश- १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बिहान बसेको प्रदेशसभा बैठकले गौतमलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । उनलाई ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणासमेत गरेका छन् ।
माओवादी केन्द्रका उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन रहेको थियो । गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।