किन्नै पाउदथें भने जति पनि दिएर म किन्दथें
मिल्थ्यो पौरखले कतै यदि भने दिनरात सुत्दिनथे
मागेरै यदि मिल्दथ्यो भने म संधै माग्थें भिकारी बनि
लुटेरै पनि मिल्दथ्यो त म सिधै बढ्थें अगाडि पनि
बुद्धिले यदि मिल्दथ्यो त म छिट्टै यु्क्ति पनि लाउंथें
जे जे गर्नुपरोस गरी अघि सरि बढ्थें म त्यो पाउंथें
उपाय सबको रचे समयको रचेनछन फेरी किन ?
अति नै बलियो रहेछ समय सकिन्न है उम्किन