Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०१, २०८१
Monday, December 16, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका शिर्ष नेताहरुको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरको हो ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरि सहमति भएको राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको र राष्ट्रपतिले दिएको ५ बजेसम्मको समय भित्र नै सरकार बनाउने दाबि पेश गर्ने भएका छन् ।

बालकोटमा बनेको नयाँ गठबन्धनमा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ का गरि १५६ सांसद हुने भएका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीका ६ सांसदको पनि नयाँ गठबन्धनलाई समर्थन हुने भएको छ ।

तपाईको प्रतिक्रिया