टोकियो – जापानको चिवा क्षेत्रस्थित फुनावासीमा टिपिकल नेपाली पसल खुलेको छ । चिवा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई टिपिकल नेपाली खाद्य सामाग्रीसँगै विविध सेवा पुर्याउने लक्ष्यसहित ‘आवर मार्ट फुनावासी’ सञ्चालनमा आएको हो ।पसलको एक समारोहकाबीच एनआरएनए आईसिसि उपमहासचिव तथा जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सञ्जीव चाम्लिगं राई, कास्की पोखरा समाजका अध्यक्ष विश्व सुवेदी, एनआरएनए चिवाका उपाध्यक्ष राजन भट्टराई, सचिव शंकर सुवेदी लगायतले रिबन काटेर उद्घाटन गरे । समारोहमा फुनावासी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको समेत सहभागिता रहेको थियो ।फुनावासीमा करिब एक दशकयता बसोबास गर्दै आएका सुमित्रा राई र चेतबहादुर थापा मगरको संयुक्त प्रयासमा मार्टको सुरू गरिएको हो । जापान मनि एक्सप्रेस जेएमईको शाखा कार्यालय भएकै स्थानमा मार्टले आफ्नो सेवा सुचारू गरेको छ । जेएमईबाट प्रदान गरिने रेमिटयान्ससहित नेपाली स्वादका विविध खाद्य सामाग्री र नेपालीहरूलाई आवश्यक पर्ने सम्पूर्ण सेवाहरू प्रदान गर्ने सञ्चालिका राईले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार